नेपाल हेल्थ न्युज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज पाँच पदाधिकारी पदका लागि निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
महामन्त्री पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
सहमहामन्त्री पदमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्रीबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यसअघि पुरुष खुलातर्फ उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत चयन भएका छन् भने पार्टी सभापतिमा रवि लामिछाने पनि सर्वसम्मत निर्वाचित भइसकेका छन्।
छ दिनदेखि चितवनमा जारी महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि मतदानअघि नै घर फर्किइसकेको जनाइएको छ। आजको निर्वाचनबाट बाँकी पाँच पदाधिकारी चयन गरिनेछ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
