नेपाल हेल्थ न्युज, काठमाडौं। मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।
नेकपा (एमाले) का पूर्वउपाध्यक्ष शाक्यको आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो । हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका मुटुरोग विभागका प्रमुख डा.अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई बिहान छाती दुखेका कारण अस्पताल ल्याइएकामा परीक्षणबाट ‘हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सन’ भएकाले ‘एन्जियोप्लाष्टी’ गरिएको हो ।
शल्यक्रियामा डा अधिकारी, डा प्रबिन्द्र महर्जन, डा आनन्द जिसीको टोली संलग्न थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
शुक्रबार, कात्तिक १३, २०८३
जडीबुटी बेचेर चार करोड राजस्व असुली
शुक्रबार, कात्तिक १३, २०८३
वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान
शुक्रबार, कात्तिक १३, २०८३ट्रेन्डिङ
