नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा शिक्षा आयोगका चार महत्त्वपूर्ण निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्।
आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो।
आयोगले यसअघि असार २६ गते प्रकाशित दरखास्त आह्वान सूचनाअनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि सर्वाधिक अंक प्राप्त गरेका १२ जना उम्मेदवारलाई सर्टलिस्टमा समावेश गरेको जनाएको छ।
आयोगका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव तथा बुझाएको सोचपत्रको मूल्याङ्कनका आधारमा संक्षिप्त सूची तयार गरिएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरूः
प्रा.डा. दयाराम पोखरेल
प्रा.डा. दिपेन्द्र बहादुर श्रेष्ठ
प्रा.डा. दिलिप शर्मा
प्रा.डा. विनोद कुमार यादव
प्रा.डा. मृगेन्द्र अमात्य
प्रा.डा. रविन्द्रमान श्रेष्ठ
प्रा.डा. विष्णु प्रसाद शर्मा
प्रा.डा. संघरत्न बज्राचार्य
प्रा.डा. सञ्जय कुमार श्रेष्ठ
प्रा.डा. सन्ध्या चापागाईं आचार्य
प्रा.डा. सुरज बज्राचार्य
प्रा.डा. सैलेस प्रधान
आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रमअनुसार पहिलो समूह (क्र.सं. १–४० को अन्तर्वार्ता बिहान ८ः०० बजे, दोस्रो समूह (क्र.सं. ५–८० को ११ः०० बजे तथा तेस्रो समूह (क्र.सं. ९–१२० को दिउँसो २ः०० बजे हुनेछ।
आयोगले उम्मेदवारहरूलाई आवेदनसँग संलग्न सक्कल कागजात, १५ मिनेटको सोचपत्र प्रस्तुतीकरणका लागि पावरपोइन्टको इलेक्ट्रोनिक प्रति सहित तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुन अनुरोध गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
बुधबार, साउन ६, २०८३
त्रिवि शिक्षण अस्पतालको दिउँसोको नियमित सेवा भोलि बन्द
बुधबार, साउन ६, २०८३
दार्चुलाबाट डा. गोविन्द केसीको घोषणा : ७ साउनदेखि फेरि अनशन सुरु गर्छु
बुधबार, साउन ६, २०८३
आज विश्व मस्तिष्क दिवस मनाइदै
बुधबार, साउन ६, २०८३
