नेपाल हेल्थ न्युज, काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी (जोन्सन एन्ड जोन्सनले) ले ट्याल्कयुक्त बेबी पाउडरका कारण क्यान्सर भएको दाबी गर्दै दायर गरिएका हजारौं मुद्दा समाधान गर्न ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ।
कम्पनीविरुद्ध अमेरिकाभर करिब ७६ हजार ट्याल्कसम्बन्धी मुद्दा विचाराधीन छन्। पीडितहरूको प्रतिनिधित्व गरिरहेका विभिन्न कानुनी फर्महरूसँग विवाद अन्त्य गर्ने उद्देश्यले कम्पनीले उक्त प्रस्ताव अघि सारेको हो।
जेएन्डजेले आफ्ना ट्याल्कयुक्त उत्पादनले डिम्बाशय (ओभेरियन) क्यान्सर गराएको आरोप अस्वीकार गर्दै आएको छ। कम्पनीका उपाध्यक्ष एरिक हासले आरोपहरू आधारहीन रहेको दाबी गर्दै कानुनी विवाद अन्त्य गर्न मात्र सम्झौतामा जान तयार भएको बताएका छन्।
उनका अनुसार हालसम्मका धेरै मुद्दामा कम्पनीले कानुनी सफलता हासिल गरेको छ। लामो समयदेखि चलिरहेको विवादबाट मुक्त भएर औषधि तथा स्वास्थ्य उपकरण विकासमा केन्द्रित हुनका लागि सम्झौताको प्रस्ताव गरिएको उनले बताए।
प्रस्तावअनुसार कम्पनीले आगामी वर्ष मात्रै ३ अर्ब अमेरिकी डलरसम्म भुक्तानी गर्नेछ। तर सम्झौता कार्यान्वयनका लागि राज्य तथा संघीय अदालतमा रहेका डिम्बाशय क्यान्सरसँग सम्बन्धित मुद्दा हेर्ने कानुनी फर्ममध्ये ९५ प्रतिशतले प्रस्ताव स्वीकार गर्नुपर्ने कम्पनीको सर्त छ।
जेएन्डजेले सन् २०२२ मा ट्याल्कयुक्त बेबी पाउडरको उत्पादन र बिक्री विश्वभर बन्द गर्ने घोषणा गरेको थियो। त्यसअघि अमेरिकामा भने उक्त उत्पादनको बिक्री रोकिसकेको थियो। कम्पनीले अब ट्याल्कको सट्टा मकैको स्टार्च (कर्नस्टार्च) आधारित बेबी पाउडर उत्पादन गर्ने जनाएको थियो।
जेएन्डजेले ट्याल्क सुरक्षित रहेको, यसमा एस्बेस्टस नभएको र क्यान्सरसँग प्रत्यक्ष सम्बन्ध प्रमाणित नभएको दाबी गर्दै आएको छ। कम्पनीका अनुसार वैज्ञानिक अध्ययनहरूले पनि ट्याल्कको सुरक्षालाई समर्थन गरेका छन्।
ट्याल्क म्याग्नेसियम, सिलिकन, अक्सिजन र हाइड्रोजनबाट बनेको प्राकृतिक खनिज हो। यसको चिल्लो बनावटका कारण लामो समयदेखि बेबी पाउडरलगायतका उत्पादनमा प्रयोग हुँदै आएको छ।
यसैबीच, सन् २०२२ मा जेएन्डजेले आफ्नो उपभोक्ता स्वास्थ्य व्यवसायलाई छुट्टै कम्पनी प्भलखगभ का रूपमा स्थापना गरेको थियो। केनभ्युले उत्तर अमेरिका बाहिर बिक्री हुने जेएन्डकेको बेबी पाउडरसँग सम्बन्धित कानुनी दायित्वसमेत वहन गर्दै आएको छ।
(बीबीसीको सामग्रीमा आधारित)
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
