नेपाल हेल्थ न्युज, काठमाडौं । संयुक्त राष्ट्रसङ्का दुई जना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अघाडी बडाउन आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्नेस र संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउले इबोलाको प्रकोपको केन्द्रबिन्दु रहेको कङ्गोको इटुरी प्रान्तको राजधानी बुनियाबाट पत्रकारहरुसँग भर्चुअल साक्षातकार गर्दै यस्तो अपिल गरेको जनाइएको छ ।
इबोला सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कङ्गोमा ५० जनाको मृत्यु भएको जनाइएको छ भने नयाँ सङ्क्रमणहरुको सङ्ख्या द्रुत रूपमा बढिरहेको र प्रत्येक २० दिनमा दोब्बर हुँदै गइरहेको जनाइएको छ । यो वृद्धि रोगको नियन्त्रण प्रक्रियामा भएको वृद्धि भन्दा धेरै छिटो र उच्च स्तरको वृद्धि भएको जनाइएको छ । सङ्क्रमणको उच्च वृद्धिले महामारी नियन्त्रण प्रतिक्रिया बिचको अन्तर फराकिलो हुँदै गइरहेको हार्नेसले उल्लेख गर्नु भएको छ ।
स्काउले डीआरसीमा इबोला प्रकोप अहिले सम्मकै सबै भन्दा तीव्र गतिमा बढिरहेको इबोला सङ्कट भएको समेत उल्लेख गरेको छ । तुलनात्म रुपमा हेर्दा विगत दुई महिनामा कङ्गोमा एक हजार जनाको मृत्यु भएको छ भने पश्चिम अफ्रिकामा यस अघि इबोला प्रकोप फैलिदा आठ महिनामा एक हजार मानिसहरूको मृत्यु भएको थियो ।
पूर्वी कङ्गोमा लामो समय देखि चलिरहेको द्वन्द्वले लगभग एक करोड मानिसहरूलाई संकट वा खाद्य असुरक्षाको आपतकालीन स्तरमा धकेलेको जनाइएको छ । इटुरी–इबोला प्रकोपको केन्द्रबिन्दु तथा सबै भन्दा बढी प्रभावित क्षेत्र हो जहाँ लगभग दुई लाख मानिसहरूलाई खाद्यान्न सहयोग तत्काल आश्यक रहेको स्काउटले बताएको छ ।
थप कोष, आपूर्ति, चिकित्सा टोली र आवश्यक पर्नेहरू सम्म पुग्न पहुँचका साथ प्रतिक्रिया तुरुन्तै बढाउनु पर्ने हार्नेसले बताउनु भएको छ । उहाँले राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई आफ्नो सिमानाहरू खुला राख्न आह्वान गर्दै यसो गर्नाले इबोला प्रतिक्रिया नियन्त्रणका लागि विज्ञ व्यक्तीहरु कङ्गोमा यात्रा गर्न सक्ने र आपूर्ति छिटो र स्वतन्त्र रूपमा गर्न सक्षमता बढ्ने जनाइएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले कोषको तत्काल आवश्यकतालाई पनि प्रकाश पार्नु भएको छ ।
कङ्गोका लागि संयुक्त राष्ट्र मानवीय प्रतिक्रिया योजना अन्तरगत दुई अरब दश करोड अमेरिकी डलर चाहिने जनाइएको छ भने प्रकोप नियन्त्रणका लागि स्काउटले डब्लूएफपीलाई सात करोड ६० लाख अमेरिकी डलर चाहिने जनाइएको छ । रासस/सिन्ह्वा
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
