नेपाल हेल्थ न्युज, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डिन र निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त गर्नुभएको हो।
उपकुलपति प्रा.डा. गुरुङले नवनियुक्त डिन डा. श्रेष्ठ र निर्देशक डा. पोखरेललाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो। नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिष्ठानमा नेतृत्व तहमा भएको नियुक्तिले शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढीपछि हैजाको जोखिमः ५० हजारभन्दा बढीले लिए खोप, अझै हजारौँ बेपत्ताको खोजी जारी
सोमबार, असोज ५, २०८३
१८ वर्षीया नर्स सुनिता बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
आइतबार, असोज ४, २०८३
स्वास्थ्य सेवामा जनशक्ति अभाव हुन नदिन मधेश सरकारले अस्थायी दरबन्दी स्वीकृत गर्ने
आइतबार, असोज ४, २०८३

