नेभिगेशन

१८ वर्षीया नर्स सुनिता बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाली कांग्रेसको वडा अधिवेशनबाट कालिकोटकी १८ वर्षीया युवती सुनिता सुवेदी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन् ।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ मा सम्पन्न वडा अधिवेशनबाट नर्स पेशामा रहेकी सुवेदी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । स्वास्थ्य क्षेत्रमा समेत सक्रिय सुवेदी यसअघि नै कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् ।

नेपाली कांग्रेसको संशोधित विधानले पार्टीमा नयाँ पुस्ताको सहभागिता बढाउने गरी विभिन्न प्रावधान अघि सारेको छ । सोही व्यवस्थाअनुसार युवा पुस्ताको राजनीतिक सहभागिता बढ्दै गएको कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसको वडा अधिवेशन शनिबारदेखि सुरु भएको हो । शनिबार ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको थियो भने बाँकी जिल्लामा आइतबार वडा अधिवेशन जारी छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट