नेपाल हेल्थ न्युज, वीरगञ्ज । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका आवासीय चिकित्सकहरूले विभिन्न माग राख्दै कामबाट विमुख भएको विषयमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले आवासीय चिकित्सकहरूले उठाएका मागप्रति कलेज व्यवस्थापन पक्षबाट हालसम्म अपेक्षित सुनुवाइ नभएको जनाएको हो। चिकित्सा शास्त्र अध्ययनसँगै अस्पतालमा सेवा दिइरहेका आवासीय चिकित्सकहरू तनावका बाबजुद लामो समयसम्म सेवामा खटिनुपर्ने अवस्थामा उनीहरूको ड्युटी आवर, तलब–भत्ता तथा अन्य सुविधामा एकरूपता नरहेको संघको भनाइ छ।
संघले आवासीय चिकित्सकहरूको सेवा–सुविधा वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको जनाएको छ। साथै, चिकित्सकहरूमाथि अनावश्यक तथा अन्यायपूर्ण रूपमा कारबाही गरिएको भन्दै संघले आपत्ति जनाएको छ।
आवासीय चिकित्सकहरूले अघि सारेका मागका विषयमा कलेज व्यवस्थापनसँग छलफल भए पनि माग सम्बोधन नभएको संघले जनाएको छ। संघले यसलाई खेदजनक भन्दै चिकित्सकहरूको जायज माग तत्काल सम्बोधन गरी समस्या समाधान गर्न कलेज प्रशासनसँग आग्रह गरेको छ।
नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूको माग उचित रूपमा सम्बोधन नभएमा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।
सल्यानमा स्क्रब टाइफस संक्रमण बढ्दो, परीक्षण किट उपलब्ध गराउन सांसद मल्लको माग
मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि गृहमन्त्री ट्रमा सेन्टरमा
मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध
मंगलबार, असोज ६, २०८३
धौलागिरि प्रादेशिक अस्पतालमा पहिलोपटक टन्सिलेक्टोमी शल्यक्रिया सफल
मंगलबार, असोज ६, २०८३
