नेभिगेशन

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशकमा बन्दना थापा

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशकमा एघारौँ तहकी नर्सिङ अधिकृत बन्दना थापा नियुक्त हुनुभएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट यसअघि महाशाखाको निर्देशक रहनुभएकी हिराकुमारी निरौलालाई वीर अस्पतालमा सरुवा गरिएको हो। उहाँको स्थानमा थापालाई महाशाखाको नेतृत्व दिने निर्णय गरिएको हो।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत थापाले अब स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी सम्हाल्नुहुनेछ। निरौला र थापा दुवै स्वास्थ्य सेवातर्फका एघारौँ तहका नर्सिङ अधिकृत हुनुहुन्छ।

मन्त्री मेहताले गत शुक्रबार गरेको निर्णयअनुसार थापाले महाशाखाको नेतृत्व सम्हाल्न लाग्नुभएको हो। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नर्सिङ सेवाको व्यवस्थापन, जनशक्ति परिचालन, सेवा विस्तारलगायतका विषयमा स्वास्थ्य सेवा विभागमार्फत आवश्यक काम गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ