नेभिगेशन

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौं । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त हुनुभएको छ। मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई समितिको अध्यक्षको जिम्मेवारी दिइएको हो।

पौडेल मुक्तिनाथ विकास बैंकको खोलेसिमल शाखामा ऋण अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ। बैंकको उक्त शाखासँग बुझ्दा उहाँ हाल बिरामी बिदामा रहेको जानकारी प्राप्त भएको छ।

अध्यक्षमा नियुक्त भएसँगै पौडेलले भरतपुर अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारका क्षेत्रमा समितिको भूमिकालाई प्रभावकारी बनाउने जिम्मेवारी पाउनुभएको छ।

अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विकास समितिले आवश्यक समन्वय र सहजीकरण गर्ने अपेक्षा गरिएको छ। भरतपुर अस्पताल सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पतालमध्ये एक हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट