नेपाल हेल्थ न्युज, धनगढी । जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिनुभएको छ ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सागर बोहराले बोगटी शौचालयमा मृत फेला परेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो । सो क्रममा उहाँ शौचालयमा मृत भेटिनुभएको हो ।
जिल्ला अस्पतालले भने उहाँ शौचालयमा अचेत भेटिएको जनाउँदै उपचारका क्रममा मृत्यु भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
बुधबार, असोज १४, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक
बुधबार, असोज १४, २०८३
सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बुधबार, असोज १४, २०८३ट्रेन्डिङ
