नेपाल हेल्थ न्युज, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकहरू अध्ययनका लागि उपयुक्त वातावरण बनाउन माग गर्दै चिकित्सा शिक्षा आयोग पुगेका छन्।
कलेज प्रशासनले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न निर्देशन दिएपछि आफूहरू काठमाडौं आएको चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार कलेजमा अध्ययन गर्ने वातावरण नरहेको र विभिन्न विषयमा दबाब तथा धम्की दिइएको छ।
आवासीय चिकित्सक विवेक भट्टराईका अनुसार करिब ५२ जना विद्यार्थीमध्ये ४० जना काठमाडौं आएका छन्। उनीहरूले कलेजमा आफूहरूलाई अनुत्तीर्ण गराउने, थेसिस स्वीकृतिका क्रममा समस्या सिर्जना गर्ने लगायतका चेतावनी दिइएको दाबी गरेका छन्।
उनले चिकित्सा शिक्षा आयोगको प्रक्रियामार्फत सरकारले आफूहरूलाई अध्ययनका लागि पठाएको उल्लेख गर्दै हालको अवस्थामा अन्यत्र अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।
यसैबीच, नेशनल मेडिकल कलेजमा अध्ययनरत पीजी विद्यार्थीहरूको आन्दोलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले पनि संसद्मा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अन्सारीले पीजी विद्यार्थीहरू केही दिनदेखि आन्दोलनमा रहेको र उनीहरूलाई होस्टल खाली गर्न दबाब दिइएको दाबी गर्नुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई आन्दोलन गर्न तथा कलेज प्रवेश गर्नसमेत रोक लगाइएको छ।
अन्सारीले विद्यार्थीहरूको शैक्षिक भविष्य प्रभावित हुने गरी विवाद उत्पन्न हुनु गम्भीर विषय भएको भन्दै सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो। आवासीय चिकित्सकहरूले आफूहरूको अध्ययन निरन्तरता, सुरक्षा र शैक्षिक वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त
शुक्रबार, असोज १६, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
शुक्रबार, असोज १६, २०८३
नेशनल मेडिकल कलेजमा ‘फेक फ्याकल्टी’ र नक्कली बिरामी देखाएर पीजी सिट लिएको आरोप
शुक्रबार, असोज १६, २०८३
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त
शुक्रबार, असोज १६, २०८३
