नेपाल हेल्थ न्युज, काठमाडौं । शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न ७ पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको छ। अस्पतालको कर्मचारी प्रशासन शाखाले गोरखापत्रमा सूचना प्रकाशित गर्दै सम्बन्धित योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको हो।
अस्पतालका अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीअनुसार विभिन्न पदमा कर्मचारी नियुक्त गर्न लागिएको हो।
आह्वान गरिएका पदमध्ये क्लिनिकल रजिष्ट्रार (नेफ्रोलोजी) दुई जना, क्लिनिकल रजिष्ट्रार (साइकियाट्री) एक जना, क्लिनिकल रजिष्ट्रार (प्रसूति तथा स्त्रीरोगआइभीएफ) एक जना, क्लिनिकल रजिष्ट्रार (प्याथोलोजी) दुई जना र क्लिनिकल रजिष्ट्रार (एनेस्थेसियोलोजी) तीन जना रहेका छन्।
त्यस्तै, क्लिनिकल साइकोलोजी पदमा एक जना र अस्पताल सहयोग सेवा व्यवस्थापन अधिकृत पदमा दुई जना गरी कुल १२ जनाका लागि आवेदन माग गरिएको छ।
नेफ्रोलोजी, प्याथोलोजी र एनेस्थेसियोलोजीका क्लिनिकल रजिष्ट्रारका लागि सम्बन्धित विषयमा एमडी वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साइकियाट्रीका लागि साइकियाट्री विषयमा एमडी वा सोसरह उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रसूति तथा स्त्रीरोगआइभीएफ पदका लागि प्रसूति तथा स्त्रीरोग विषयमा एमडी वा सोसरह उत्तीर्ण गरी क्लिनिकल एम्ब्रायोलोजीमा फेलोसिप गरेको हुनुपर्नेछ। क्लिनिकल साइकोलोजीका लागि क्लिनिकल साइकोलोजी विषयमा एमफिल तथा अस्पताल सहयोग सेवा व्यवस्थापन अधिकृतका लागि अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
अस्पतालले इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र vacancy.tuth.org.np मार्फत लगइन गरी अनलाइन आवेदन फाराम भर्न आग्रह गरेको छ। रीत नपुगेका आवेदनमाथि कुनै कारबाही नहुने अस्पतालले जनाएको छ। विस्तृत जानकारीका लागि शिक्षण अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिने जनाइएको छ।

बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
बुधबार, असोज १४, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला
बुधबार, असोज १४, २०८३
