नेपाल हेल्थ न्युज, भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ। अस्पतालले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
कार्यकारी निर्देशकका लागि अस्पतालमा कार्यरत कन्सल्टेन्ट चिकित्सक, क्यान्सरको कुनै विधामा स्नातकोत्तर गरी नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भई कम्तीमा १० वर्ष काम गरेका चिकित्सक तथा अन्य चिकित्सकीय विधामा स्नातकोत्तर गरी सरकारी सेवा वा सरकारी स्वामित्वको स्वास्थ्य संस्थाको क्यान्सर युनिटमा कम्तीमा १२ वर्ष अनुभव भएका चिकित्सकले आवेदन दिन सक्नेछन्।
आवेदक ६० वर्ष ननाघेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। आवेदनसँगै आवश्यक शैक्षिक तथा अनुभवका प्रमाणपत्र, नागरिकता, सीभी, फोटो र स्वघोषणापत्र पेस गर्नुपर्नेछ।
त्यसैगरी उम्मेदवारले अस्पतालको वर्तमान अवस्था, चुनौती, सेवा विस्तार, व्यवस्थापन सुधार र आगामी तीन वर्षको रणनीतिक योजनासहितको कार्यपत्र समेत पेस गर्नुपर्ने अस्पतालले जनाएको छ।
आवेदन अस्पतालको वेबसाइटबाट फाराम भरी आवश्यक कागजातसहित [email protected] मा पीडीएफ ढाँचामा पठाउनुपर्नेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला
बुधबार, असोज १४, २०८३
सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक
बुधबार, असोज १४, २०८३
