नेपाल हेल्थ न्युज, काठमाडौं। फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग शल्यक्रियामार्फत हटाइएको छ। इटालीको रोमस्थित जेमेली अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको जनाइएको छ।
होली सी प्रेस कार्यालयका अनुसार भिडियो प्रविधिको सहयोगमा गरिएको शल्यक्रियाका क्रममा कुनै जटिलता उत्पन्न भएन। पोप करिब तीन घण्टा अपरेसन कक्षमा रहेका थिए भने वास्तविक शल्यक्रिया करिब ९० मिनेटमा सम्पन्न भएको थियो।
शल्यक्रियापछि पोप सामान्य अवस्थामा होसमा आएका थिए। चिकित्सकको निगरानीमा केही समय बिताएपछि उनलाई अस्पतालको कोठामा सारिएको जनाइएको छ।
शल्यक्रियाका क्रममा हटाइएको तन्तुको विस्तृत परीक्षण भने आगामी दिनमा गरिनेछ। परीक्षणको नतिजाका आधारमा थप चिकित्सकीय जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
पोपलाई करिब एक सातासम्म अस्पतालमै राख्ने योजना तत्काल परिवर्तन नभएको बताइएको छ। होली सी प्रेस कार्यालयका निर्देशक म्याटियो ब्रुनीका अनुसार शल्यक्रियापछि पोपले रातिको खाना मागेका थिए। त्यसपछि उनले आफ्ना सचिव र भ्याटिकनका अन्य कर्मचारीसँग साँझको समय बिताएका थिए।चिकित्सकहरूले शल्यक्रियापछिको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखिरहेका छन्। एजेन्सी
नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
बुधबार, असोज २८, २०८३
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द (सूचीसहित)
बुधबार, असोज २८, २०८३
