नेपाल हेल्थ न्युज, जनकपुरधाम । सर्पदंशका बिरामी महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न मधेश प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशले डा. विपिन झाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्य सचिवमा मन्त्रालयका सन्तोष ठाकुर रहेका छन् भने सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत श्यामसुन्दर महतो, प्रादेशिक अस्पताल सिरहाकी नर्सिङ अधिकृत वविता पण्डित र स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अधिकृत शिव मुहरत रहेका छन्।
मन्त्रालयको असोज १९ गतेको निर्णयअनुसार समिति गठन गरी घटनाको छानबिन सुरु गरिएको सदस्य सचिव ठाकुरले जानकारी दिए। गत असोज १३ गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका २५ वर्षीय महेश यादव आफैँ स्कुटर चलाएर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए।
अस्पतालमा उपचार गरिए पनि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सघन उपचार कक्ष (आईसीयू) मा शय्या अभाव भएको भन्दै उनलाई अन्यत्र रेफर गरिएको थियो। त्यसपछि उनलाई उपचारका लागि बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो। तर, त्यहाँ पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
यादवको मृत्यु भएपछि मधेश प्रदेश सरकारको स्वास्थ्य सेवा व्यवस्थापनमाथि व्यापक प्रश्न उठेको छ। विशेषगरी सरकारी अस्पतालमा आईसीयू शय्या अभावका कारण बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्थाबारे आलोचना भइरहेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने मागसमेत उठ्दै आएको छ।
अब गठित समितिले घटनाको वास्तविक कारण, उपचार प्रक्रियामा भएका सम्भावित कमजोरी तथा अस्पतालको सेवा व्यवस्थापनसम्बन्धी पक्षको छानबिन गर्ने अपेक्षा गरिएको छ।
पोप लियो चौधौँको शल्यक्रिया सफल
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द (सूचीसहित)
बुधबार, असोज २८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने
मंगलबार, असोज २७, २०८३
