नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने ४७ प्रकारका औषधिको बिक्री(वितरण तथा आयातमा प्रतिबन्ध लगाएको छ।
विभागका अनुसार, यस्ता औषधि उत्पादनका क्रममा अन्य साधारण औषधिसँग मिसावट हुन सक्ने र त्यसले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको हो।
अलग्गै तथा सुरक्षित उत्पादन संरचना (डेडिकेटेड फ्यासिलिटी) नभएका स्वदेशी तथा विदेशी कम्पनीका औषधिको दर्ता तथा अनुमतिपत्रसमेत खारेज गरिएको विभागले जनाएको छ।
विभागले दर्ता तथा अनुमतिपत्र खारेज भएका औषधिको बिक्री(वितरण नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। साथै, प्रतिबन्धित औषधि प्रयोग गर्दा कुनै प्रतिकूल असर देखिएमा त्यसको जिम्मेवारी औषधि बिक्री गर्ने वा प्रयोग गर्ने स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।
यता, तोकिएको मापदण्ड पूरा गरी छुट्टै सुरक्षित उत्पादन संरचनाबाट औषधि उत्पादन गर्ने तथा आवश्यक दर्ता प्रक्रिया पूरा गरेका कम्पनीलाई भने बजारमा औषधिको अभाव हुन नदिन निरन्तर र पर्याप्त आपूर्ति सुनिश्चित गर्न विभागले निर्देशन दिएको छ।
रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने यस्ता औषधि विशेषगरी कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा प्रत्यारोपित अंगलाई शरीरले अस्वीकार गर्ने जोखिम कम गर्न प्रयोग गरिन्छ। त्यसैले प्रतिबन्धको निर्णय कार्यान्वयन गर्दा बिरामीको उपचारमा औषधिको अभाव हुन नदिन वैकल्पिक आपूर्ति व्यवस्थापनसमेत महत्त्वपूर्ण हुने देखिन्छ।


पोप लियो चौधौँको शल्यक्रिया सफल
बुधबार, असोज २८, २०८३
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने
मंगलबार, असोज २७, २०८३
