नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि सम्बन्धित मन्त्रालय तथा निकायलाई पत्राचार गरेको छ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार नेपाल सरकारका विभिन्न मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन सम्बन्धित निकायमार्फत आवश्यक पत्राचार, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।
त्यसैगरी, सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभाग तथा अन्य सङ्घीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ।
सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गरी स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको जनाएको छ।
मन्त्रालयको यो पहलले सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउन तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
बुधबार, असोज २८, २०८३
पोप लियो चौधौँको शल्यक्रिया सफल
बुधबार, असोज २८, २०८३
सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
बुधबार, असोज २८, २०८३
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता
बुधबार, असोज २८, २०८३
