नेपाल हेल्थ न्युज, रुपन्देही । भीम अस्पताल भैरहवाले दसैँ बिदाको समयमा पनि बहिरङ्ग सेवा (ओपिडी) बाहेकका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने जनाएको छ ।
अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वर्षा थापाका अनुसार बिदाको अवधिमा कुकुरको टोकाइविरुद्ध लगाइने एआरभी (एन्टी रेबिज भ्याक्सिन) सेवा उपलब्ध हुनेछ ।
त्यसैगरी, सामाजिक सेवा इकाइबाट प्रदान गरिने सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य समस्या देखिएमा वा आकस्मिक उपचार आवश्यक परेमा अस्पतालको आकस्मिक सेवा विभागमा सम्पर्क गर्न अस्पतालले सबैलाई अनुरोध गरेको छ ।
दसैँ बिदाका कारण अत्यावश्यक उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले आकस्मिक तथा अन्य आवश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ । रासस
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
