नेपाल हेल्थ न्युज, काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य केन्द्र उद्घाटनका क्रममा भएको विवादले उग्र रूप लिएपछि गोली लागेर घाइते भएका आदित्य पासवानको काठमाडौंमा उपचार भइरहेको छ।
गम्भीर घाइते पासवानलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरी सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईका अनुसार घाइते पासवानलाई आज बिहान ११:४० बजे हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनको कम्मरनजिक गोली लागेको र उपचारका क्रममा गोली निकालिसकिएको भट्टराईले जानकारी दिए।
संघीय सरकारको लगानीमा निर्माण गरिएको स्वास्थ्य केन्द्र उद्घाटन गर्न फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विरोधमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको बताइएको छ।
शिलालेख तोडफोडको विषयलाई लिएर अध्यक्ष अन्सारी पक्ष र विरोधमा उत्रिएका स्थानीयबीच विवाद बढ्दै गएपछि अवस्था तनावपूर्ण बनेको थियो। सोही क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ। घटनामा गोली लागेर घाइते भएका पासवानलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो।
पर्वत अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट
आइतबार, कात्तिक १५, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल हब बनाउने सरकारी तयारी, कार्यदल गठन गरिने
आइतबार, कात्तिक १५, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिवमा संघीय कर्मचारी पठाउने निर्णयप्रति प्रदेशका कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
