नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ। बोर्डले २०८३ कार्तिक १७ गतेदेखि HIB e-Portal (eportal.hib.gov.np) मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो।
सेवाको पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गर्दै सेवा सुरु गरिएको बोर्डले जनाएको छ।
नयाँ प्रणालीमार्फत प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्ड प्रयोग गरी नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गराउन र नवीकरण गर्न सक्नेछन्। साथै, सम्बन्धित तहले स्वयं वा दर्ता सहयोगीमार्फत योगदान रकम भुक्तानी तथा बीमासम्बन्धी अभिलेख व्यवस्थापनसमेत गर्न सक्ने व्यवस्था गरिएको छ।
बोर्डले यो सेवा उपयोग गर्न इच्छुक प्रदेश सरकार तथा स्थानीय तहलाई सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयसँग समन्वय गरी डिजिटल आबद्धता तथा नवीकरण प्रक्रिया सञ्चालन गर्न आग्रह गरेको छ।
डिजिटल प्रणालीको कार्यान्वयनसँगै स्वास्थ्य बीमामा सामूहिक आबद्धता प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै दर्ता प्रक्रियामा लाग्ने समयसमेत न्यूनीकरण हुने बोर्डको अपेक्षा छ।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट एवं प्रवक्ता डा. पवन कुमार साहले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिनुभएको हो।
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बुधबार, कात्तिक १८, २०८३
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
बुधबार, कात्तिक १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू
मंगलबार, कात्तिक १७, २०८३
निजामती कर्मचारी अस्पतालमा पहिलोपटक इक्मो रिट्रिभल सेवा, जटिल बिरामीको सफल उपचार
मंगलबार, कात्तिक १७, २०८३
