नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले सञ्चालन गरेको बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान आज सम्पन्न हुँदैछ। मंगलबारदेखि सुरु भएको दुईदिने अभियानअन्तर्गत आज पनि देशभरका बालबालिकालाई निःशुल्क औषधि खुवाइँदैछ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। उहाँले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकको पायक पर्ने खोप केन्द्र वा तोकिएको स्थानमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।
अभियानलाई प्रभावकारी बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सरकारले बालबालिकामा हुने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ तथा जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ।
नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
स्वास्थ्य बीमा कार्यक्रममा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु
बुधबार, कात्तिक १८, २०८३
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
बुधबार, कात्तिक १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू
मंगलबार, कात्तिक १७, २०८३
निजामती कर्मचारी अस्पतालमा पहिलोपटक इक्मो रिट्रिभल सेवा, जटिल बिरामीको सफल उपचार
मंगलबार, कात्तिक १७, २०८३
