नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरहरूको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु गुणस्तरसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको संस्था आईक्यूएयरको पछिल्लो विवरणले काठमाडौंको वायु प्रदूषणको अवस्था चिन्ताजनक रहेको देखाएको हो।
बिहीबार बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ मापन गरिएको छ। आईक्यूएयरको सूचीमा पाकिस्तानको लाहोर सबैभन्दा प्रदूषित सहर बनेको छ। त्यहाँको एक्यूआई ३२५ पुगेको छ। यस्तै, २५६ एक्यूआईसहित बंगलादेशको राजधानी ढाका दोस्रो स्थानमा रहेको छ।
काठमाडौंभन्दा केही कम प्रदूषणसहित भारतको दिल्ली १८२ एक्यूआईका साथ चौथो स्थानमा छ। पाकिस्तानको कराँची १६७ एक्यूआईसहित पाँचौँ र इजिप्टको कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा रहेका छन्।
वायु गुणस्तर सूचकांक १८३ पुग्नु स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण अवस्था हो। यस्तो प्रदूषित हावाको सम्पर्कमा रहँदा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दमलगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्छ।
विज्ञहरूले वायु प्रदूषण उच्च रहेका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, बाहिरी गतिविधि कम गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिँदै आएका छन्।
कपाल झर्ने र चायाको समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ घरेलु उपाय
बिहीबार, मंसिर ३, २०८३
उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै
बिहीबार, मंसिर ३, २०८३
औषधिको समुचित प्रयोगबारे तेस्रो ‘आईएसआईयुएम’ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा हुँदै
बिहीबार, मंसिर ३, २०८३
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
बिहीबार, मंसिर ३, २०८३
