नेपाल हेल्थ न्युज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आगामी सोमबार हुने प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण स्वीकृत भएको छ ।
त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने लगायतका निर्णयहरू भएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूः
- २०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
- चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।
- अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
- नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।
- राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।
- ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
- राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालगञ्जमा रगत अभाव
शुक्रबार, मंसिर ४, २०८३
न्यून गुणस्तरको पाइएपछि सेफ्टम ५०० औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
शुक्रबार, मंसिर ४, २०८३
मुस्कानभित्र लुकेको डिप्रेसनः बाहिर खुसी, भित्र पीडामा बाँचिरहेका मानिस
शुक्रबार, मंसिर ४, २०८३
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
शुक्रबार, मंसिर ४, २०८३ट्रेन्डिङ
