नेपाल हेल्थ न्युज, बनेपा। काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएको छ ।
उहाँका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण देखिएको छैन । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र स्वास्थ्य मन्त्रालयबीच आठ बुँदे सहमति
मंगलबार, मंसिर ८, २०८३
भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु
मंगलबार, मंसिर ८, २०८३
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
मंगलबार, मंसिर ८, २०८३
क्यान्सर र डायलाइसिसका अत्यावश्यक औषधि अभाव हुन नदिन विभागले सार्वजनिक गर्यो सम्पर्क विवरण
मंगलबार, मंसिर ८, २०८३
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
मंगलबार, मंसिर ८, २०८३ट्रेन्डिङ
