नेभिगेशन

क्यान्सर र डायलाइसिसका अत्यावश्यक औषधि अभाव हुन नदिन विभागले सार्वजनिक गर्‍यो सम्पर्क विवरण

नेपाल हेल्थ न्युज, काठमाडौं । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको बजारमा अभाव भएको गुनासो बढेपछि औषधि व्यवस्था विभागले औषधि उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ ।

विभागले प्लाटिनम समूहअन्तर्गतका क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन तथा डायलाइसिसमा प्रयोग हुने सोलुसन उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।

विभागले सोमबार जारी गरेको सूचनाअनुसार सिस्प्लाटिन र कार्बोप्लाटिनका लागि पाँचवटा कम्पनीमा सम्पर्क गर्न सकिनेछ । जसअनुसार ताज नेपाल प्रालिका ख्वाजा तारिक रानालाई ९८५१००३४९६, डीकेएम फार्मास्युटिकल्स प्रालिका शरद मानन्धरलाई ९८५११०७७६४ र यति फार्माकेम डिस्ट्रीब्युटर्स प्रालिरयति केम डिस्ट्रीब्युटर्स प्रालिका प्रदीप लामिछानेलाई ९८०१२१६५५४ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै, सिजल फार्मा प्रालिका अञ्जन पुडासैनीलाई ९८०२०१७८५८ र डोमोटेक्स फार्माका योगेश कर्माचार्यलाई ९८२४८९७१२८ मा सम्पर्क गर्न सकिनेछ ।

यसैगरी, डायलाइसिससम्बन्धी औषधिअन्तर्गत पेरिटोनियल डायलाइसिस फ्लुइडका लागि केयर मेड इन्टरनेसनलका मधु चित्रकारलाई ९८५१०९५१८३ मा सम्पर्क गर्न विभागले आग्रह गरेको छ । कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापी (सीआरआरटी) का लागि भने ललितपुरस्थित पिकन पीटीई लिमिटेडका निरज जोशीलाई ९८५१०३२७७८ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्दै बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले समय–समयमा बजार उपलब्धतासम्बन्धी सूचना प्रकाशन गर्दै आएको छ ।

विभागले सम्बन्धित बिरामी तथा सरोकारवालालाई चिकित्सकको प्रिस्क्रिप्सनसहित उल्लेखित सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न अनुरोध गरेको छ । साथै, सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राख्दै नियमित रूपमा बजारमा उपलब्धता सुनिश्चित गर्न आग्रह गरेको छ ।

aushadi-bivag-1795506866.jpeg
 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट