काठमाडौँ : दीपावली अगाडि तराई आन्दोलनको निकास निकाली जनतालाई स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले बताएका छ्न् ।
स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले वार्ताटोलीका
संयोजक कमल थापा जेनेभाबाट फर्कनासाथ समस्याको सुरक्षित अवतरणका लागि पहल गर्ने बताए ।
आन्दोलनका कारण विभिन्न स्वास्थ्य संस्थामा औषधिलगायतका समस्या आइपरेको भन्दै मन्त्री चौधरीले सो समस्या समाधानका लागि पनि पहल थाल्ने बताए ।
मन्त्री चौधरीले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता गरे । 'औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु', उनले भने ।
मुलुकमा जारी अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका साथै विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । देशभर स्वास्थ्य मन्त्रालयको मातहतमा ४१ हजार स्वास्थ्य संस्था छन् । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ