नेभिगेशन

बिराटनगरमा डायलाईसिस सेवा

जनस्वास्थ्य सरोकार, मोरङ । पूर्बी नेपालको बिराटनगरमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले डायलाईसिस सेवा सुरु dialosisगरेको छ । मिर्गौलाका बिरामीहरुको सुविधालाई ध्यानमा राखेर रामलाल आँखा अस्पताल हाताभित्र रोटरी क्लबले निर्माण गरेको मिर्गौला डायलाईसिस भवनमा माघ ४ गतेबाट सेवा सुरु गरिएको हो । सो अवसरमा केन्द्रले १ सय भन्दा बढी व्यक्तिको एक दिवसीय निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका निर्देशक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले भन्नुभयो— ‘यो नियमित सेवा हो र विपन्न वर्गलाई अझ धेरै राहत मिलोस् भन्ने सोचका साथ काम भइरहेको छ ।’ सरकारले दुई वर्षदेखि विपन्न परिवारलाई डायलाईसिस सेवा निःशुल्क दिँदै आएकोमा, केन्द्रले त्यसै उद्देश्यले विराटनगरमा युनिट स्थापना गरेको बताएको छ । रोटरी क्लबले भवन र डायलाईसिसका सम्पूर्ण उपकरण खरिद गरको छ । डायलाईसिस केन्द्रमा विपन्न र ७५ वर्ष नाघेका मिर्गौलाका बिरामीलाई निःशुल्क सेवा उपलब्ध हुने र दैनिक १५ जनालाई सेवा उपलब्ध गराइने बताइएको छ । यहाँ पाँचवटा मेसिनबाट दैनिक १५ जनाले निकै सस्तो मूल्यमा डायलाईसिस सेवा लिन सक्ने छन् । केन्द्रले डायलाईसिस सेवामा प्रयोग गर्ने अत्याधुनिक जर्मन प्रविधि भएकाले उच्चस्तरीय सेवा हुने बताएको छ । यस सेवा केन्द्रमा हेपाटाइटिस र एचआईभी संक्रमित बिरामीका लागि छुट्टै डायलाईसिस सेवाको व्यवस्था मिलाइएको केन्द्रका व्यवस्थापक बिमल बरालले बताउनुभयो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज