नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूमा कार्यरत चिकित्सकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ।
काउन्सिलले पूर्णकालीन रूपमा फेलोसिपमा संलग्न चिकित्सकलाई सरकारी सेवाको नवौं तहसरहको तलब–भत्ता अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो। यस निर्णयले फेलोसिपरत चिकित्सकको मनोबल वृद्धि गर्नुका साथै उनीहरूको श्रम र सेवाको उचित मूल्याङ्कन सुनिश्चित गर्ने उद्देश्य राखिएको बताइएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवका अनुसार सरकारको विद्यमान नीति तथा चिकित्सा शिक्षासम्बन्धी प्रचलित कानुनी व्यवस्थालाई आधार मानेर उक्त निर्णय गरिएको हो। परिषद्को पुस २३ र २४ गते बसेको पूर्णबैठकले यो व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।
फेलोसिप सञ्चालनका लागि स्वीकृति लिएका सबै शैक्षिक तथा स्वास्थ्य संस्थाहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत जारी गरिएको काउन्सिलले जनाएको छ।
यसअघि गत पुसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रममा उच्च शुल्क लिएको र निर्वाह भत्ता स्पष्ट नभएको भन्दै चिकित्सकहरूले असन्तुष्टि जनाएका थिए। त्यसको प्रभावस्वरूप फेलोसिप भर्ना प्रक्रिया समेत प्रभावित भएको थियो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
