नेपाल हेल्थ न्युज, काठमाडौं । आयतोल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन राष्ट्रिय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरिएको जनाइएको छ ।
यसअघि डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत खामेनी मारिएको दाबी गरेका थिए । तर त्यसबेला इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सञ्चारमाध्यम एनबीसी सँगको कुराकानीमा खामेनी सुरक्षित रहेको बताएका थिए ।
पछि इरान राज्य टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको घोषणा गरेका हुन् । तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए । उनले आयतुल्लाह रुहोल्लाह खोमेनीको निधनपछि नेतृत्व सम्हालेका हुन् । खोमेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गर्दै शाह शासन अन्त्य गरेका थिए ।
सर्वोच्च नेताका रूपमा खामेनीसँग सरकार, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार थियो । उनको कार्यकालमा अमेरिका र इजरायलसँगको तनाव उच्च रहँदै आएको थियो । पछिल्ला वर्षहरूमा इजरायली नेतृत्वले उनलाई हटाउने संकेतसमेत दिएको थियो ।
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
