जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रविधि आयात गरी औषधि उत्पादन गर्ने नेपालको
पहिलो कम्पनि देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. (डिजेपिएल) ले कलेजो र पाचन प्रणालीसँग सम्बन्धित रोगको उपचारका लागि नयाँ औषधि उत्पादन शुरु गर्ने भएको छ । कम्पनिले करिब १० करोड रुपियाँ लगानीमा ‘दिव्यम’ डिभिजनमार्फत यी औषधि उत्पादन गर्ने भएको हो । दिव्यमसहित अब डिजेपिएलका ६ वटा डिभिजन भएका छन् । हाल यस कम्पनिले औषधिको विभिन्न प्रकारका ३ सय थरी उत्पादनहरुलाई डिभिजन—१, डिभिजन—२, सु—स्वास्थ्य, आरोग्यम र निरोग गरी ५ वटा डिभिजनमार्फत औषधि उत्पादन गरी नेपाली बजारमा वितरण गर्दै आएको थियो । डिजेपिएलले ५० करोड रुपियाँको लागतमा मुलुकमा इन्जेक्टेबल औषधिको उत्पादन शुरु गर्ने भएको छ भने हर्बल प्रोडक्सनलाई पनि त्यत्तिकै प्राथमिकतामा राखेको छ । हाल मुलुकमा कुल औषधिको करिब ५ प्रतिशत माग धान्न सफल भएको कम्पनिको २५ औं बार्षिकोत्सबको पूर्व सन्ध्यामा राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी गराउनुभयो । कार्यकारी निर्देशक शर्माले भन्नुभयो—‘आगामी दिनमा नेपाली जनतालाई आवश्यक पर्ने सबै प्रकारका औषधिहरु नेपालमा नै उत्पादन गर्न अनवरत प्रयत्न गर्ने नीति देउराली जनताले लिएको छ ।’

प्रकाशित मिति: बुधबार, माघ १३, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ