जनस्वास्थ्य सरोकार, काठमाडौं । आनन्दकुटी स्कूलमा अध्ययन गरेको पूर्व बिद्यार्थीहरुको छाता संगठन आनन्दकुटी एल्मुनाई एसोसिएसन (अका) ले स्वयम्भूस्थित आनन्दकुटी स्कुलमा श्रीपञ्चमी अर्थात सरस्वतीपूजाको अवसर पारेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरबाट ३ सय सर्बसाधारणले स्वास्थ्य लाभ लिन सफल भएका छन् । सो अवसरमा विभिन्न औषधि निःशुल्क वितरण गरिएको थियो । यसैगरी औषधि उत्पादन संघका अध्यक्ष शंकर घिमिरेले २०३१ सालमा सोही बिद्यालयमा अध्ययन गरेको बिद्यार्थीको हैसियतले रु. २५ हजार नगद सहयोग गर्नुभएको बिद्यालयका पूर्व बिद्यार्थी एवं नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताउनुभयो ।




प्रकाशित मिति: आइतबार, फागुन २, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
