जनस्वास्थ्य सरोकार, ललितपुर । नक्कली लेबल (स्टिकर) टाँसेर गुणस्तरहीन एचआईभी टेष्ट किट बेच्ने ललितपुरको
सानेपास्थित सेरोल्याब नेपाल ट्रेडर्सका सञ्चालक किरण कुमार श्रेष्ठमाथि नेपाल प्रहरीले कालोबजारी ऐन तथा ठगी अन्तर्गत अदालतमा मुद्धा दायर गर्ने भएको छ ।
उनलाई माघ ५ गते सानेपास्थित आफ्नै प्रहरीले पक्राउ गरेको थियो । हाल उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ । अभियुक्त श्रेष्ठले चीनको छेन्जुुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनीबाट एचआइभी टेष्ट गर्ने किट खरिद गर्ने र आफ्नै कार्यालयको कम्प्युटर र कलरप्रिन्ट प्रयोग गरी इटालियन प्रशिद्ध कम्पनी ‘एडलटिस’ को नाम र ठेगाना भएको लेबल टाँसी मेडिकल तथा ल्याबहरुमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट भेटिएको छ । बजारमा एचआईभी टेष्ट गर्ने किट नक्कली भेटिन थालेपछि इटालिएन कम्पनिको नेपालस्थित आधिकारिक बिक्रेता ‘मेडिसर्व इन्टरनेशनल प्र्रा.लि. र मेडिकल तथा सर्जिकल व्यवासायीहरुको छाता संगठन केमसानको अगुवाइमा प्रहरीमा उजुरी परेको थियो ।
डेढ महिना लामो निगरानीपछि श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकाले जानकारी दिए । ‘उनले जनस्वास्थ्यमा गम्भीर खेलवाड गरे’—अधिकारीले भने—‘हामी कालोबजारी तथा ठगीको मुद्धा चलाउदै छौं ।’ श्रेष्ठले बीरेन्द्र सैनिक अस्पताललगायतका धेरै स्वास्थ्य निकायमा नक्कली किट बेच्ने गरेको प्रहरीले बताएको छ । सेनाले मिसनमा पाठाउन पहिले त्यहाँ जाने कर्मचारीको एचआईभी टेष्ट गर्छ । बैदेशिक रोजगारीमा जाँदा स्वास्थ्य परीक्षण गर्ने मेडिकलहरुबाट सबैभन्दा धेरै किट बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नक्कली किटबाट एचआईभी टेष्ट गर्दा एचआईभी भएकाहरुलाई नभएको र नभएकाहरुलाई भएको समेत देखाउने गरेको प्रहरीले जनाएको छ ।
उनले चिनबाट २ हजारमा किट ल्याएर त्यसलाई इटालिएन कम्पनिको हो भन्दै ६ हजार रुपियाँमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गोदाममा छापा मारेर प्रहरीले २१ थान किट र कम्प्युटर बरामद गरेकोे छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ