काठमाडौंमा न्यूजिल्याण्ड अष्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न भएको छ । सम्मेलनमा स्पाइन अर्थात मेरुदण्ड सम्बन्धि बिभिन्न समस्याहरु तथा रोगहरु र उपचारमा भइरहेको बिश्वब्यापि अभ्यासबारे गहन छलफल भएको थियो ।
‘स्पाइनल डिफर्मिटि एण्ड इम्व्यालेन्स(ग्लोबल ट्रेन्डस्’ शिर्षक दिइएको सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए ।
बिशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकाहरुमा देखिने ढाड समबन्धि समस्या जस्तै स्कोलियोसिस लगायतका समस्याहरु बारे सहभागिहरुले आ(आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।
एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको संयुक्त आयोजनामा भएको दुइदिने सम्मेलनको नेतृत्व कोर्स कोअर्डिनेटरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका डाइरेक्टर समेत रहनुभएका कन्सल्ट्यान्ट अर्थोपेडिक तथा स्पाइन सर्जन डा। बिनोद बिजुक्छेले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
