नेभिगेशन

जीवनभर निःशुल्क डायलाईसिस सेवा

जनस्वास्थ्य सरोकार, काठमाडौं । दुवै मिर्गौला फेल भएका पीडित व्यक्तिले जीवनभर निःशुल्क डायलाईसिस सेवा Dialaisisप्राप्त गर्ने भएका छन् । मन्त्री परिषद्को आज (बैशाख ३० गते २०७३) बसेको बैठकले यस्तो निर्णय गरेको हो । मिर्गौला फेल भएको एउटा व्यक्तिले सामान्य त हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्छ । हाल मुलुकमा करिब २ हजार पाँच सयको हाराहारीमा हरेक महिना मिर्गौला फेल भएका व्यक्तिले डायलाईसिस सेवा लिइरहेका छन् । अतः हरेक महिना करिब १८ हजार साइकल डायलाईसिस भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज