म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । वडाध्यक्ष रेशम जुक्जालीले सरोकारवालाको सुझाव र सर्मथनमा भएको निर्णय कार्यान्वयन गरेर बिमलाई विकृतिरहित नमूना वडा बनाउने बताउनुभयो । भेलाले वडाका सबै बस्तीलाई समेट्ने गरी बिम्वाङ, बिम औल, तल्लोगाउँ, डाँडागाउँ र ढुनोटमा टोल सुधार समिति गठन गरी सामाजिक र विकास निर्माणका कामलाई सहज बनाउने निर्णय गरेको वडा सदस्य बुद्धीबहादुर जुक्जालीले बताउनुभयो । यसअघि स्थानीय आमा समूह र युवा क्लबले बिम्बाङ र तल्लो गाउँमा सार्वजनिक कार्यक्रममा मदिरालाई प्रतिबन्ध लगाएको थियो । साँझ ५ बजेभन्दा अघि मदिरा सेवन गर्नेलाई रु एक हजार र बिक्री गर्नेलाई रु दुई हजार जरिवाना तोकिएको हीराजीत स्मृति युवा क्लबका अध्यक्ष प्रेम जुक्जालीले बताउनुभयो । मदिराको अत्यधिक र अव्यवस्थित प्रयोगका कारण संस्कारगत कार्य महँगो भएको, सामाजिक विकृति बढेको र सुरक्षामा असर परेको ठहर गर्दै मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । सोही भेलाले मालिका क्षेत्रको राष्ट्रिय वनलाई वडास्तरीय सामुदायिक वन समूहको मातहत ल्याउने निर्णयसमेत गरेको छ । सो भेला अघि वडास्तरीय युवा सञ्जालको आयोजनामा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश थापा र नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले लागूऔषध दुव्र्यसनीको असर, कारण, नियन्त्रणका उपाय, सामाजिक सञ्जालको प्रयोग, युवासम्बन्धी सरकारका योजनाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

