खजुरा बाँके, ३ कात्तिक । मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाकामा सबैभन्दा बढी आँखा रोगको समस्या बढदै आएको छ ।
भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय ‘फत्तेबाल आँखा अस्पताल फुल्टेक्र’ का प्रबन्धक कौशलकुमार बर्माका अनुसार, शून्य दशमलव २ प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपनमुक्त जिल्ला’ मानिन्छ । सो अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका बासिन्दामा भने आँखा रोगको
समस्या अझै घटेको छैन । विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा पनि आँखा उपचार सेवा दिँदै आएको छ ।
कुल १५० शै्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ । आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्य लिएको सो अस्पतालले निःशुल्क शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको छ । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
