यौन समस्या महिला र पुरुषको फरक फरक हुने गर्दछ । विशेषगरी पुरुषहरुलाई लिङ्ग उत्तेजना नहुने, यौन इच्छामा कमी, र शीघ्रस्खलन हुने र महिलाहरुलाई यौन इच्छामा कमी र यौन क्रिडा गर्दा दुःखाइ महशुस हुने जस्ता समस्याहरु देखिन्छन् । यौनसम्पर्कको बेला लिङ्ग उत्तेजना नहुनुको कारण के होला ? यौनसम्पर्कको बेलामा लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समय गरेका हुन्छन् । लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई सो स्थितिमा राख्न नसक्ने समस्यालाई अंग्रेजीमा Impotence वा erectile dysfunction भनिन्छ । यो समस्या जुन उमेर समुहका पुरुषलाई पनि हुन सक्छ । विशेषगरी टेस्टोस्टेरोन हर्मोन कमीले लिङ्ग उत्तेजना नहुने समस्या देखिन्छ । ४० वर्ष कटेका पुरुषहरुमा हर्मोनको कमीले यस्ता समस्या देखिन सक्छन् । त्यस्तै रक्तचाप, कोलेस्टोर र मधुमेहका औषधि सेवन गरिरहेको ब्यक्तिलाई पनि लिङ्ग उत्तेजना नहुने समस्या हुन्छ । ५० प्रतिशत भन्दा बढी पुरुष मनोवैज्ञानिक समस्याले ग्रस्त भएका हुन्छन् । एकचोटी यौनसम्पर्क लिङ्ग उत्तेजना भएन भने यौनसाथीले के सोच्लान् भन्ने मनमा खुलदुली भइरहन्छ । जसले पछि गएर लिङ्ग उत्तेजना नै नहुने जस्ता जटिल समस्या सिर्जना हुनसक्छ । यसका अलावा मधुमेह, रक्तचाप, कोलेस्टेरोल, मिर्गौला र कलेजोमा समस्या भएका पुरुषहरुलाई लिङ्ग उत्तेजित नहुनुका साथै यौन इच्छा समेत नहुने समस्या देखिन सक्छ । किन महिलाहरुलाई यौनइच्छामा कमी आउँछ ? महिनावारी बन्द हुन लागेको र बन्द भइसकेको अवस्थामा महिलाहरुलाई यौनइच्छामा कमी आउन सक्दछ । युनिनरी ट्र्याक इन्फेक्सन, सेतो पानी बग्ने, पिसाव र योनीद्धारमा संक्रमण भएमा यौनसम्पर्क गर्दा दुःखाई महशुस हुन्छ । जसले यौन इच्छा समेत मर्दै जान सक्छ । उपचार स्वास्थ्य परिक्षण गर्दा यदि टेस्टोस्टेरोन हर्मोनको कमी देखियो भने हर्मोन दिनुपर्ने हुन्छ । रक्तसञ्चार ब्लक भएर लिङ्ग उत्तेजित नभएको हुनसक्छ । यस्तो अवस्थामा औषधि दिएर ब्लक खुलाई रक्तसञ्चार बढाउन सकिन्छ । यदि यौनइच्छामै कमी भएको हो भने मनोचिकित्सकसँग परामर्श लिनुपर्दछ । रगतमा चिनीको मात्रा ठिक्क हुनुपर्दछ । चिनीको मात्रा बढी छ भने पनि लिङ्ग उत्तेजित हुँदैन । सुझाव कतिपय बिरामीहरु उपचार गर्न लजाउछन् । निर्धक्क भएर उपचार गर्न आउनुहोस् । राम्रोसँग स्वास्थ्य परिक्षण गरेरमात्र समस्या पहिचान गर्न सकिन्छ । अन्य रोग भन्दा यौन रोगको औषधि सस्तो पर्छ । नेपालमा सबै प्रकारका यौन रोगको उपचार सम्भव छ । समान्यतया सबैलाई यौनइच्छा हुने गर्दछ । यदि कुनै मनोवैज्ञानिक कारणले यौनइच्छा कमी आएको अवस्थामा उनीहरुले सेक्सुअल थेरापी सेवा लिनुपर्ने हुन्छ । (मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. भट्टराई चक्रपथस्थित मेट्रो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाइने
शुक्रबार, जेठ १५, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त (सूचीसहित)
शुक्रबार, जेठ १५, २०८३
स्वास्थ्य क्षेत्रमा कूल बजेटको कम्तिमा १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग
शुक्रबार, जेठ १५, २०८३
आज विश्व पाचन स्वास्थ्य दिवस मनाइँदै
शुक्रबार, जेठ १५, २०८३

