नेपाल हेल्थ न्युज काठमाडौं । नेपालमा पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने उद्देश्यसहित ‘जिन्सा २०२६’ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । गट हेल्थ, इन्सुलिन रेजिस्टेन्स, प्रिसिजन एन्ड परफर्मेन्स न्यूट्रिसन इन द एरा अफ एआई (जिन्सा) जस्ता आधुनिक विषयलाई केन्द्रमा राखेर मे ३० तारेखमा ललितपुरको क्लासिक भेनुमा आयोजना हुन लागेको यो सम्मेलनलाई नेपालमा न्युट्रेसन प्राक्टिसको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
योर डायटिसियनको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशका डायटिसियन एक्सपर्ट, क्लिनिकल न्युट्रेसन प्रोफेस्नल्स तथा न्युट्रेसन एजुकेटरर्सहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सीमित सहभागी राखेर इन्टरएक्टिभ तथा क्वालिटी लर्निङ एक्सपेरियन्स दिने उद्देश्यका साथ करिब ६० जना आसपास प्रोफेस्नलहरु सहभागी गराउने योजना बनाइएको कार्यक्रम निर्देशक डायटिसियन मोदनाथ पौडेलले जानकारी दिनुभयो ।
आधुनिक पोषण अभ्यासमा केन्द्रित कार्यक्रम
कार्यक्रमको मुख्य उद्देश्य पेट र आन्द्रा स्वास्थ्य (गट हेल्थ) इन्सुलिन रेसिस्टेन्स तथा न्युट्रिजेनोमिक्स सम्बन्धि एड्भान्सड लर्निङ प्रदान गर्नुका साथै क्लिनिकल तथा परफर्मेन्स न्युट्रिसन सम्बन्धि प्राक्टिकल स्किल्स अभिवृद्धि गर्नु रहेको छ । यससँगै पोषण, जीवनशैली व्यवस्थापन तथा पोषण क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धि विकास हुँदै गरेको प्रवृत्तिहरु र भविष्यका अवसरहरु माथि गहन छलफल गरिनेछ । नेपालका डायटिसियनहरुको व्यवसायिक क्षमता सुदृढ बनाउने तथा पोषण अभ्यासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भूमिका र सम्भावना बुझाउने लक्ष्य पनि सम्मेलनले राखेको सम्मेलन संयोजक डाटिसियन सदिक्षा निरौला बताउनुहुन्छ ।
आयोजकका अनुसार विश्वभर पोषण विज्ञान तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा नेपालका प्रोफेस्नलहरुलाई पनि विश्वव्यापी प्रवृत्तिसँग जोड्नु आवश्यक देखिएको हो ।
जीवनशैलीजन्य रोगहरु बढ्दै, आहारको महत्व पनि उकालोमा
नेपालमा पछिल्ला वर्षहरूमा डायविटिज, मोटोपना, फ्याटी लिभर, पिसिओएस तथा उच्चरक्तचाप जस्ता जिवनशैलीजन्य रोगहरु तीव्र रूपमा बढिरहेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता रोगको रोकथाम तथा व्यवस्थापनमा आहारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । कार्यक्रमका सन्दर्भमा न्युट्रिसन एक्सपर्टहरुले ले ‘आहारले शरीरलाई निको पार्न सक्छ र यसले जीवनभर औषधिको रूपमा पनि काम गर्न सक्छ’ भन्ने अवधारणालाई विशेष रूपमा जोड दिएका छन् । विशेषज्ञहरूका अनुसार भविष्यमा व्यक्ति अनुसारको पोषण, खेलकुुद पोषण, पाचन स्वास्थ्य (गट हेल्थ) तथा एआईमा आधारित पोषण अभ्यासको माग अझ अझ बढ्दै जाने देखिन्छ । त्यसैले दक्ष डायटिसियनहरुको आवश्यकता पनि निरन्तर बढ्ने अनुमान गरिएको छ ।
पोषणमा एआईः भविष्यको अभ्यास
जिन्सा २०२६ को विशेष आकर्षणमध्ये पोषणमा एआई पनि एक हो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत इन्डिभिज्यअलाईज्ड डाइट प्लानिङ, लाइफस्टाइल ट्रयाकिङ, रोग पुर्मानुमान, पोषण परामर्शलाई अझ प्रभावकारी बनाउने विषयमा कार्यक्रम केन्द्रित रहनेछ ।
न्युुट्रिसन क्षेत्रमा एआई प्रयोगले भविष्यका स्वाथ्य प्रणालीको ढाचा परिवर्तन गर्न सक्ने भएकाले नेपाली प्रोफेस्नलहरुलाई पनि त्यसका अवसर र चुनौतीबारे जानकारी दिन कार्यक्रमले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रोफेस्नल नेटवर्किङ र ग्लोवल एक्सपोजरको अवसर
कार्यक्रममा सहभागीहरूले अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट एड्भान्सड लर्निङ अवसर प्राप्त गर्नेछन् । गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, न्युट्रिजेनोमिक्स तथा एआईको न्युट्रिसनसम्बन्धी प्राक्टिकल इन्साइट्स प्राप्त गर्नुका साथै प्रोफेस्नल नेटवर्किङ तथा अन्तर्राष्ट्रिय सहकार्यको अवसर पनि मिल्ने जनाइएको छ ।यसले नेपालको पोषण अभ्यासलाई विश्वव्यापी दृष्टिकोणसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ । सहभागीहरूलाई प्रमापणपत्र तथा प्रफेस्नल एक्सपोजर समेत प्रदान गरिनेछ ।
नेपालमा डायटिसियन प्रोफेसन अझै व्यवस्थित हुन बाँकी
नेपालमा रजिस्टर्ड तथा सक्रिय अभ्यासरत डायटिसियनहरुको संख्या अझै सीमित रहेको बताइन्छ । पोषण सचेतना बढ्दै जाँदा दक्ष डाटिसियनहरुको आवश्यकता तीव्र रूपमा बढिरहेको भए पनि पेशालाई संस्थागत रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ ।विशेषज्ञहरूले सरकारले दक्ष जनशक्तिलाई विदेश पलायनभन्दा देशभित्र उपयोग गर्ने नीति बनाउनुपर्नेमा जोड दिएका छन् । साथै आहार तथा पोषण परिषद् जस्ता संरचनामार्फत डायटिसियन प्राफेसनलाई व्यवस्थित, सुरक्षित र सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विशेषज्ञहरूको सहभागिता
कार्यक्रमका लिड स्पिकरका रुपमा डा.सोम्या भरानी तथा डायटिसियन सिल्पी गोयल रहनेछन् । बाँकी सेसनहरु भने नेशनल डायटिसियन एक्सपर्ट स्पिकरहरुद्वारा सञ्चालन गरिने योजना रहेको आयोजकले जनाएको छ। स्वास्थ्य तथा न्युट्रिसनक्षेत्रमा तीव्र रूपमा बदलिँदो ग्लोवल ट्रेन्डबीच आयोजना हुन लागेको जिन्सा २०२६ लाई नेपालमा डाइटिक्स प्रोफेसनको भविष्यसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ ।
उपकुलपति पदमा खुल्यो आवेदनः ६ स्वास्थ्य प्रतिष्ठानमा अवसर
सोमबार, जेठ ४, २०८३
डब्ल्यूएचओद्वारा इबोलालाई 'विश्व स्वास्थ्य सङ्कट' घोषणा
आइतबार, जेठ ३, २०८३
सरकारी अस्पतालको जग्गा जोगाउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन
बिहीबार, वैशाख ३१, २०८३


