नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका अन्य सबै स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको छ।
बोर्डको मिति २०८३ जेठ ११ गते बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त सेवा स्थगन गर्ने निर्णय गरेको हो। बोर्डले जारी गरेको पत्रअनुसार यो निर्णय २०८३ साल जेठ १६ गतेदेखि लागू हुनेछ।
स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले हस्ताक्षर गरेको सूचनामा निजी स्वास्थ्य संस्थाबाट आकस्मिक सेवा भने निरन्तर सञ्चालन हुने उल्लेख गरिएको छ।
बोर्डले वित्तीय भार बढ्दै गएको र स्रोत व्यवस्थापनमा चुनौती देखिएकाले यस्तो निर्णय लिनुपरेको जनाएको छ। यस निर्णयले स्वास्थ्य बीमा सेवामा निर्भर रहेका सेवाग्राही प्रभावित हुने सम्भावना रहेको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
