नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले तीन प्रमुख स्वास्थ्य शिक्षण प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरिने बताएका हुन्।
सरकारले ती संस्थालाई शैक्षिक, प्राविधिक तथा पूर्वाधारका दृष्टिले सुदृढ बनाउँदै विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।
बजेट वक्तव्यमा अर्थमन्त्री वाग्लेले भने, “यी अस्पताल तथा प्रतिष्ठानलाई विदेशी विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम बनाइनेछ।”
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
बुधबार, भदौ २४, २०८३
