
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलमा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ ।
विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ । बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने उहाँले बताउनुभयो । झण्डै रु दुई करोड ५० लाखको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले बताउनुभयो । बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने बताउनुभयो । बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने आचार्यले बताउनुभयो । अस्पताल स्थापना हुँदा विसं २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरीद गरिएको थिएन । अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन् । रासस
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
केमसान अध्यक्ष हमाल नेपाल उद्योग वाणिज्य महासंघ सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ

