नेभिगेशन
अस्पतालदेखि महासंघसम्म नेतृत्वको यात्रा

स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित

निजी क्षेत्र र स्वास्थ्य सेवाको सुधारमा सक्रिय नेतृत्व अब महासंघमा

add final

नेपाल हेल्थ न्युज, काठमाडौं। ह्याम्स अस्पताल र नागरिक अस्पतालका अध्यक्ष रामशरण (आर.एस) भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसिएटतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

वैशाख २२ गते सम्पन्न महासंघको निर्वाचनमा भण्डारी विजयी हुँदै केन्द्रीय सदस्य पदमा चयन भएका हुन्। यससँगै निजी स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व महासंघभित्र थप सशक्त बनेको छ।

स्वास्थ्य क्षेत्रसँगै निजी व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहेका भण्डारीले स्वास्थ्य सेवाको व्यवस्थापन तथा निजी क्षेत्रको विकासमा लामो समयदेखि योगदान दिँदै आएका छन्। विशेषगरी अस्पताल व्यवस्थापनमा उनको अनुभव र नेतृत्वलाई प्रभावशाली मानिन्छ।

काठमाडौंस्थित ह्याम्स अस्पताल र नागरिक अस्पतालको नेतृत्व सम्हाल्दै आएका भण्डारीले स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवा विस्तार र व्यवस्थापकीय सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

महासंघमा उनको प्रवेशसँगै स्वास्थ्य क्षेत्रका मुद्दा, सेवा गुणस्तर र निजी क्षेत्रको भूमिका सम्बन्धी विषयहरू अझ प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट हेल्थ