नेभिगेशन
स्वास्थ्य र व्यवसायको संगम

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित

अस्पताल तथा होटल व्यवस्थापनमा उहाँको अनुभव र नेतृत्व क्षमता प्रभावशाली 

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित हुनुभएको छ।  उहाँले १ हजार ६ मत प्राप्त गर्दै उक्त पदमा विजय हाँसिल गर्नुभएको हो।

हाल कार्की लेमन ट्रि प्रिमियर होटेल बुढानिलकण्ठका निर्देशक र ओम हस्पिटलका सञ्चालकसमेत हुनुहुन्छ। स्वास्थ्य क्षेत्रसँगै निजी व्यवसायमा सक्रिय रहँदै आएका उहाँले अस्पताल व्यवस्थापन र सेवा गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ।

विशेषगरी अस्पताल तथा होटल व्यवस्थापनमा उहाँको अनुभव र नेतृत्व क्षमतालाई प्रभावशाली मानिन्छ। बहुआयामिक व्यवसायिक संलग्नताका कारण कार्कीले निजी क्षेत्रको विकास र व्यवस्थापन सुधारमा निरन्तर भूमिका खेल्दै आउनुभएको छ।

महासंघमा उहाँको प्रवेशसँगै स्वास्थ्य  क्षेत्रसँग सम्बन्धित मुद्दा, सेवा गुणस्तर अभिवृद्धि तथा निजी क्षेत्रको भूमिकालाई अझ सशक्त रूपमा उठाइने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट हेल्थ