रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म रु एक करोड बढी खर्च गरेको जनाएको छ ।
अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसुतिसहितका सेवाट उपलब्ध हुने नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । अस्पतालमा एम्बुलेन्स सेवा समेत उपलब्ध छ । नगरपालिकाले अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेको छ ।
नगरवासीलाई नगरपालिकाभित्रै भरपर्दो स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख केसीको भनाइ छ । आठबीसकोट नगर अस्पताल जिल्लाकै ठूलो सरकारी अस्पताल बनेको छ । सदरमुकाम मुसीकोट नगरपालिका–१ सल्लेमा रहेको जिल्ला अस्पताल मात्र १५ शैयाको छ ।
अस्पतालको भवन भने निर्माण हुन बाँकी छ । हाल अस्पतालका लागि साविकको स्वास्थ्य चौकी र एक विद्यालयलाई प्रयोग गरिएको छ । अस्पताल सञ्चालनमा आएपछि नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् । अस्पतालले सेवा सुरु गरेपनि औपचारिक उद्घाटन भने हुन बाँकी छ । रासस
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
केमसान अध्यक्ष हमाल नेपाल उद्योग वाणिज्य महासंघ सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ
४
