नेभिगेशन

चितवनमा सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुदैँ

 मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुने भएको छ । नेपाल औषधी उत्पादन संघको आयोजनामा फागुन १७ देखि १९ गते सम्म चितवनको एक्स्पो सेन्टरमा हुने छ । अंगदानका लागि संघले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरसँग सहकार्य गरेको नेपाल फर्मा तथा हेल्थ एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । ललिपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी दिइएको हो । नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्रि र दक्षता प्रदान गर्ने, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उदेश्य रहेको अयोजकले जनाएको छ । हरेक दुइवर्षमा हुने एक्स्पो पहिलो पटक उपत्यका बाहिर चितवनमा गर्न लागिएको हो । चितवन राजधानी काठमाडौँ पछि दोस्रो ठूलो मेडिकल शहर भइसकेको छ । बीरगञ्ज, बुटवल, पोखरा लगाएतका ठाँउलाई केन्द्र पर्ने भएकाले चितवलाई छानेको आयोजको भनाइ छ । एक्पोमा एक हजार भन्दा बढिले अंगदान गर्ने आशा गरिएको छ । नेपाल औषधी उत्पादन संघ र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र बिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपनविद् डा. पुकारचन्द श्रेष्ठले नेपाल औषधी उत्पादक संघले चालेको कदमलाई खुलेर प्रशंसा गर्नुभयो । उहाँले यसरी सहकार्य गर्न पाएकोमा खुसि समेत ब्यक्त गर्नुभयो । एक्स्पोमा २ सय स्टल रहने छन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० ओटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतिय, चिनिया १० कम्पनी एक्पोमा सहभागि हुने छन् । नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिनेछन् । एक्स्पोमा विभिन्न टेक्निकल सेमिनार हुने र सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको ब्यवस्था गरिने नेपाल फर्मा तथा हेल्थ एक्स्पोका संयोजक क्षेत्रीले जानकारी दिनुभयो । एक्पोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियल कम्पनी प्राइभेट लिमिटेड रहेको छ । त्यसैगरि डायमण्ड स्पोन्सरमा सन्साई फर्मा र एलम्याक टेक्नोलोजि रहेका छन । एक्पोको गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपिएम मेसिनरी र उजिलेन्ट टेक्नोलोजी ÷प्रुडेन्ट मेडिटेक रहेका छन् । एक्पोका आवद्ध संस्थाहरुमा औषधी ब्यवस्था विभाग, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र, नेपाल औषधी व्यवसायिक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र ग्रयाजुयट फर्मासिस्ट एसोसियसन अफ नेपाल, एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल रहेका छन् । काठमाडौँ बाहिर पहिलोपटक चितवनमा हुन लागेको एक्स्पोमा ५० हजार भन्दा बढिले अवलोकन गर्ने संघको विश्वास छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज