मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुने भएको छ ।
नेपाल औषधी उत्पादन संघको आयोजनामा फागुन १७ देखि १९ गते सम्म चितवनको एक्स्पो सेन्टरमा हुने छ । अंगदानका लागि संघले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरसँग सहकार्य गरेको नेपाल फर्मा तथा हेल्थ एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । ललिपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सो जानकारी दिइएको हो ।
नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्रि र दक्षता प्रदान गर्ने, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उदेश्य रहेको अयोजकले जनाएको छ ।
हरेक दुइवर्षमा हुने एक्स्पो पहिलो पटक उपत्यका बाहिर चितवनमा गर्न लागिएको हो । चितवन राजधानी काठमाडौँ पछि दोस्रो ठूलो मेडिकल शहर भइसकेको छ । बीरगञ्ज, बुटवल, पोखरा लगाएतका ठाँउलाई केन्द्र पर्ने भएकाले चितवलाई छानेको आयोजको भनाइ छ ।
एक्पोमा एक हजार भन्दा बढिले अंगदान गर्ने आशा गरिएको छ । नेपाल औषधी उत्पादन संघ र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र बिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपनविद् डा. पुकारचन्द श्रेष्ठले नेपाल औषधी उत्पादक संघले चालेको कदमलाई खुलेर प्रशंसा गर्नुभयो । उहाँले यसरी सहकार्य गर्न पाएकोमा खुसि समेत ब्यक्त गर्नुभयो ।
एक्स्पोमा २ सय स्टल रहने छन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० ओटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतिय, चिनिया १० कम्पनी एक्पोमा सहभागि हुने छन् । नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिनेछन् । एक्स्पोमा विभिन्न टेक्निकल सेमिनार हुने र सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको ब्यवस्था गरिने नेपाल फर्मा तथा हेल्थ एक्स्पोका संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।
एक्पोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियल कम्पनी प्राइभेट लिमिटेड रहेको छ । त्यसैगरि डायमण्ड स्पोन्सरमा सन्साई फर्मा र एलम्याक टेक्नोलोजि रहेका छन । एक्पोको गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपिएम मेसिनरी र उजिलेन्ट टेक्नोलोजी ÷प्रुडेन्ट मेडिटेक रहेका छन् ।
एक्पोका आवद्ध संस्थाहरुमा औषधी ब्यवस्था विभाग, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र, नेपाल औषधी व्यवसायिक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र ग्रयाजुयट फर्मासिस्ट एसोसियसन अफ नेपाल, एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल रहेका छन् । काठमाडौँ बाहिर पहिलोपटक चितवनमा हुन लागेको एक्स्पोमा ५० हजार भन्दा बढिले अवलोकन गर्ने संघको विश्वास छ ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
केमसान अध्यक्ष हमाल नेपाल उद्योग वाणिज्य महासंघ सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ

