[caption id="attachment_15108" align="aligncenter" width="6000"]
शेर श्रेष्ठ, प्रबन्ध निर्देशक/ इष्टवेष्ट कन्सर्न प्रा.लि.[/caption]
शेर श्रेष्ठ इष्टवेष्ट कन्सर्न प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले सिभिल इन्जिनियर अध्ययन गरेर पनि मुलुकमा अत्याधुनिक मेडिकल उपकरणको व्यवसायमा आफ्नो करियर बनाउनुभएको छ । अत्याधुनिक प्रविधिबाट आम बिरामीको रोग डायग्नोसिस र उपचारका लागि मुलुकका अस्पताल र मेडिकल कलेजहरुमा नविनतम मेडिकल टेक्नोलोजी भित्र्याउन उहाँले खेलेको भूमिका महत्वपूर्ण छ । यतिखेर उहाँ विश्वस्तरीय अत्याधुनिक मेडिकल टेक्नोलोजी आपूर्तिमा केन्द्रित भएर काम गरिरहनुभएको छ । यस अंकमा हामीले प्रबन्ध निर्देशक श्रेष्ठलाई प्रस्तुत गरेका छौं ।
इष्टवेष्टबारे जानकारी दिनु न ?
इष्ट वेष्ट कन्सर्न प्रा.लि. ३८ वर्ष पूरानो मेडिकल उपकरण आपूर्ति गर्ने कम्पनि हो । बुबा वंशीराम श्रेष्ठले सन् १९८१ मा यो कम्पनि जन्माउनुभएको हो । सन् १९८६ मा बीर हस्पिटलमा पहिलोपटक सिटी स्क्यान एन्जिओग्राम मेसिन उपलब्ध गराएका थियौं ।
संसारमा आविश्कार भएका सबैभन्दा उच्चस्तरका प्रविधि मुलुकमा भित्र्याउने महत्वकांक्षी बोकेर हिँडेका छौं । यसबाट संसारका विकसित देशमा प्राप्त हुने उच्चतम डायग्नोसिस र उपचार सेवा नेपालमा उपलब्ध गराउन मद्धत पुगेको छ । नेपालबाट भारत, सिंगापुर, थाइल्यान्ड, जापान अमेरिका लगायतका देशहरुमा रोग डायग्नोसिस र उपचारका लागि बिरामीहरु बिदेशीनबाट रोक्न हाम्रो पहल हुनेछ ।
हामीले उपलब्ध गराएका मेडिकल उपकरणहरु विकसित देशका ख्यातिप्राप्त अस्पतालमा प्राप्त हुने टेक्नोलोजी भन्दा फरक छैन । यस्ता त्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुका कारण धेरैहदसम्म बिरामीहरु विदेशीन नपर्ने अवस्था सृजना भएको छ ।

‘संसारमा आविश्कार भएका सबैभन्दा उच्चस्तरका प्रविधि मुलुकमा भित्र्याउने महत्वकांक्षी बोकेर हिँडेका छौं । यसबाट संसारका विकसित देशमा प्राप्त हुने उच्चतम डायग्नोसिस र उपचार सेवा नेपालमा उपलब्ध गराउन मद्धत पुगेको छ ।यहाँले मेडिकल टेक्नोलोजीका कुन कुन विधामा हात हाल्नुभएको छ ? इस्टवेस्ट कन्सर्न प्रा.लि.ले रेडियोलोजी, ल्याब, क्रिटिकल केयर, सर्जिकल, रेडियोथेरापीसम्बन्धि महत्वपूर्ण ५ विधामा केन्द्रित रहेर मुलुकमा विश्वस्तरीय अत्याधुनिक टेक्नोलोजी भित्र्याइरहेको छ । सर्जिकल डिभिजनअन्तर्गत अपरेशन थियटरमा आवश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध हुन्छ । जस्तैः एनेस्थेसिया मेसिन, ओटी लाइट, माइक्रोस्कोप, कट्रिमेसिन, ओटी टेबल, मोडुलर ओटी, मिनिमल इन्भेजिब सर्जरी आदि । यसैगरी कम्पनिको अर्को ठूलो रेडियोलोजी डिभिजनअन्तर्गत अत्याधुनिक x-rey, Ultrasound, CT scan, MRI,Cathlab, PET-CT मेसिनहरु पर्दछन् । ल्याब डिभिजनअन्तर्गत SIEMENS कम्पनिका उत्पादनहरु बायोकेमेष्ट्री एनालाइजर, हेमाटोलोजी, Immunoassay लगायत Complete Lab Diagnostic उपकरणहरु उपलब्ध हुने गर्छ । क्रिटिकल केयर डिभिजनमा आई.सी.यू. एन.आई.सी.यू. पि.आई.सि.यु.लगायतका ठाउँमा आवश्यक पर्ने भेन्टिलेटर, मोनिटर, एबिजी लगायतका प्रविधि रहेका छन् । पाचौँ रेडियोथेरापी डिभिजन अन्तर्गत अत्याधुनिक लिनियर एक्सिलेटर, Brachytherapy मेसिन उपलब्ध छन् । धेरैजसो मेडिकल कलेज, कर्पोरेट हस्पिटलहरुले हाम्रा अत्याधुनिक टेक्नोलोजी प्रयोग गरिरहेका छन् । नेपालमा क्यान्सर बिरामीहरु बढिरहेका छन् । त्यो अनुपातमा रेडियोथेरापी दिने अस्पतालहरु निकै कम छन् । त्यसैले सरकारी तथा निजी अस्पतालहरुले यसमा लगानी बढाउनुपर्छ । यस क्षेत्रमा कसरी लगाब बढ्यो ? पेशाले म सिभिल इन्जिनियर हो । इन्जिनियर अध्ययनपश्चात् जागिर खाने कोशिस गरेँ । तर बुबाले आफूले शुरु गरेको मेडिकल उपकरणसम्बन्धि व्यवसाय सम्हाल्न आग्रह गर्नुभयो र सन् १९९७ मा तीन महिना ट्रेनिङका लागि जर्मन पठाउनुभयो । यस अवधिमा मैले मेडिकल टेक्नोलोजीबारे राम्रोसँग बुझ्ने मौका पाएँ । मलाई यो क्षेत्र धेरै विशाल र चासोको विषय लाग्यो । नेपालमा स्वास्थ्य संस्थाहरुमार्फत रोग डायग्नोस्टिक र उपचारमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याएर आम नेपालीलाई सुविधा दिने चाहना बढ्यो । यो राम्रो व्यवसाय र बिरामीलाई लाभ पुग्ने भएकाले मेरो लगाब यतातिर बढेको हो । जर्मनमा ट्रेनिङ सकेर आउनेबित्तिकै सम्बन्धित विधाका आवश्यक इन्जिनियरहरुसँगको साथ र सहयोग लिएर काम शुरु गरेँ । अहिले इष्टवेष्ट कन्सर्न स्वास्थ्य क्षेत्रमा स्थापित हुन सफल भएको छ । सर्वसाधारणले कसरी गुणस्तरीय सेवा प्राप्त गर्न सक्छन् ? गुणस्तरीय सेवा प्राप्त गर्न, सुविधासम्पन्न अस्पताल, दक्ष चिकित्सक र गुणस्तरीय उपकरणहरुको राम्रो संयोजन हुनुपर्छ । स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराएको नविनतम प्रविधिबाट बिरामीहरुले गुणस्तरीय सेवा प्राप्त गर्न पाएका छन् । आजकाल सबैको हातमा स्मार्ट फोन छ । गुगलबाट रोगबारे पनि जानकारी पाउन सकिन्छ । त्यहि अनुसार नेपालका हस्पिटल, डाक्टर र त्यहाँ राखिएका अत्याधुनिक प्रविधिबारे जानकारी लिन सकिन्छ । हस्पिटलको प्रविधि, चिकित्सक, भौतिक संरचना, क्रिटिकल केयरको स्थिति, इमर्जेन्सी, अपरेशन थियटर, आईसीयु कस्तो छ ? भनेर बुझिसकेपछि उपचारका लागि जान सकिन्छ । नेपालमा अहिले धेरै विश्वस्तरीय अत्याधुनिक टेक्नोलोजीहरु भित्रिसकेका छन् । सरकारले पनि यस्ता टेक्नोलोजी भित्र्याउन पहल गर्नुपर्छ । जनसंख्याको हिसाबले देशमा वेड संख्या र चिकित्सकहरु पर्याप्त छैनन् । त्यसकारण मुलुकमा थप अस्पताल र मेडिकल कलेजहरुको आवश्यकता छ । यहाँको भावी योजना के छ ? विश्वमा आविष्कार भएका यस्ता नविनतम प्रविधि जतिसक्दो चाँडो देशमा भित्र्याएर नेपाली जनतालाई विश्वस्तरीय सरह अत्याधुनिक प्रविधिबाट सेवा उपलब्ध गराउने हाम्रो मुख्य एजेन्डा रहनेछ ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
अन्तर्वार्ता
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
केमसान अध्यक्ष हमाल नेपाल उद्योग वाणिज्य महासंघ सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ