नेपालमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र अत्याधुनिक प्रविधि भित्र्याउने इष्ट वेष्ट कन्सर्न ३८ वर्ष पुरानो कम्पनि हो । शुरुका दिन देखि नै रेडियोलोजी सम्बन्धि उपरकणहरुको आपूर्तिमा काम गर्दै आएको यस कम्पनिले सन् १९८६ मा नेपालमै पहिलोपटक बीर अस्पतालमा अत्याधुनिक CT-scan मेसिन तथा Gamma Camera आपूर्ति गरेको थियो । कम्पनिले आम सर्वसाधारण नागरिकको रोग पहिचान र उपचारका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनिका गुणस्तरीय तथा Advance Technology मुलुकमा भित्र्याउन सफल भएको छ ।
इष्टवेष्टले ल्याब डायग्नोस्टिक, सर्जरी र रेडिएसन सम्बन्धि अत्याधुनिक प्रविधि आपूर्ति गर्दै आएको छ । न्युरो, युरो, क्यान्सर, मुटु, इमर्जेन्सी मेडिसिन लगायत विभिन्न विधाका विश्वस्तरीय अत्याधुनिक प्रविधि मुलुकमा भित्र्याएर आम नेपाली जनताको रोग पहिचान र उपचारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ ।
भुषण श्रेष्ठ इष्ट वेष्ट कम्पनिको क्रिटिकल केयर डिभिजनको डिपार्टमेन्ट प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । पेशाले उहाँ इलेक्ट्रोनिक इन्जिनियर हुनुहुन्छ । क्रिटिकल केयरसम्बन्धि उपकरणको आपूर्ति र सेवासम्बन्धमा केन्द्रित रहेर यसपटक हामीले । श्रेष्ठसँग कुराकानी गरेका छौं ।
क्रिटिकल केयरसम्बन्धि कुन कुन कम्पनिका उपकरण आपूर्ति गर्दै आउनुभएको छ ?
अहिले हामीले Draeger, Radiometer, Hillrom कम्पनिका उपकरण आपूर्ति गर्दै आएका छौं । Draeger कम्पनिको आई.सी.यू.अन्तर्गत Ventilator machine, Patient monitor, ICU pendants, Bed head panel आपूर्ति गर्दछौं ।
OT मा एनेस्थेसिया मेसिन, OT light pendants आदि रहेका छन् । यसका साथै बच्चाहरुको एन.आई.सी.यू.मा ventilator warmer, Photography,Incubator आदि मेसिन आपूर्ति गर्छौं । Hillrom अन्तर्गतICU bed, OT tablet, Other Hospital furniture रहेका छन् । यसैगरी Radiometer अन्तर्गत Blood gas analyser (ABG machine) बजारीकरण गरिरहेका छौं ।
क्रिटिकल केयरमा रहेका बिरामीको ज्यान बचाउन उपकरणको भूमिका कस्तो हुन्छ ?
क्रिटिकल केयरमा रहेका बिरामीको ज्यान बचाउन दक्ष जनशक्ति र उपकरणको महत्वपूर्ण भूमिका हुन्छ । भेन्टिलेटरले सास फेर्न गारो भएकाहरुलाई फोक्सोको अवस्था अनुसार क्रित्रिम सास फेराउने, कुन लेबल र कति प्रतिशतमा अक्सिजन दिने भन्ने जस्ता कुरा महत्वपूर्ण हुन्छ । भेन्टिलेटरमा सेट गरेका कुरा तलमाथि हुन हुँदैन । त्यसैले त भरपर्दो गुणस्तरीय भेन्टिलेटर र ब्रान्डेड उपकरणको जरुरत पर्छ भनिएको हो । Draeger कम्पनिका हरेक भेन्टिलेटर विश्वसनीय छन् ।
Draeger कम्पनिको बारे केही बताइदिनुस् न ?
विश्वमा पहिलोपटक एनेस्थेसिया मेसिनको आविश्कार गर्ने Draeger कम्पनि हो यो कम्पनिको १८ शताव्दीदेखिको यात्रा हो । यसले निरन्तर रिसर्च र डेभलप्मेन्टका काम गरिरहेको छ । म्चभबनभच का उत्पादनले संसारका धेरै हस्पिटल र स्वास्थ्य संस्थामा चिकित्सक र बिरामीको मन जित्न सफल भएको छ ।
Draeger कम्पनिको बिशेषता के हो ?
जर्मनी कम्पनि म्चबभनभच ले रिसर्च एण्ड डेभलप्मेन्टमा ठूलो लगानी गरेको छ र आफ्नै नयाँ प्रविधि विकास गरिरहेको छ । यसको विश्वसनीयता छ । अहिले इस्टवेस्ट कन्र्सनमा १ सय १५ जना स्टाफमध्ये ४२ जना इन्जिनियरको टिम छ । Draeger कम्पनिका मेसिन जडान र मर्मतका लागि मात्र देशरभर १० जना भन्दा धेरै इन्जिनियर तैनाथ छन् । उनीहरु सबै सम्बन्धित विधामा राम्रो अनुभव प्राप्त इन्जिनियरहरु हुन् । मूल्यको दृष्टिले अलि महँगो देखिएपनि क्वालिटीको दृष्टिले निकै राम्रो निकै राम्रो छ ।
मेसिन जडान गरिसकेपछि दिने सेवाको स्तर कस्तो छ ?
काठमाडौँमा मात्र Draeger का लागि ४ जना पूर्णकालीन र १ जना अल्पकालीन इन्जिनियर रहेका छन् । उपत्यका बाहिर भरतपुरमा आफ्नै अफिस रहेको Draeger को ५ जना स्टाफमध्ये ३ जना इन्जिनियर छन् । बिराटनगरमा ३ जना, पोखरामा २ जना, बुटवल र नेपालगञ्जमा एक एक जना इन्जिनियर रहेका छन् ।Draeger मेसिनमा कुनै समस्या आएमा काठमाडौंबाट जानुपर्ने अवस्था छैन ।
जडान गरेका हरेक Draeger का भेन्टिलेटर, मोनिटरलगायतका मेसिनमा सम्पर्क नम्बर लेखेर छाडिएको हुन्छ । मेसिनमा समस्या आएमा सम्बन्धित इन्जिनियरलाई फोन गर्न सकिन्छ र तत्काल इन्जिनियर उपलब्ध गराएर समस्या समाधान गराइन्छ ।
मेसिन प्रयोग गर्ने डाक्टर र उपभोक्तालाई के विश्वस्थ दिलाउन चाहनुहुन्छ ?
अस्पतालले लगानी गरेर मेसिन खरीद गरिसकेपछि समयमा मर्मत सम्भारको सेवा प्रदान गरिन्छ । मेसिन बिग्रेर थन्किनुपर्ने स्थिति आउँदैन । म्चबभनभच कम्पनिका हरेक उपकरणको परिणाम राम्रो छ । सेवा प्रदान गर्ने सिलसिलामा कुनै समस्या आएमा तत्काल मर्मत सम्भारका लागि इन्जियनियरहरुको भरपर्दो सुविधा रहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
अन्तर्वार्ता
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
केमसान अध्यक्ष हमाल नेपाल उद्योग वाणिज्य महासंघ सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ

