२९ वर्षीया डोअन ली सौन्दर्य सम्बन्धी भिडियो भ्लग गर्ने चर्चित दक्षिण कोरियाली युट्युबर हुन् । गत फेब्रुअरी महिनामा उनलाई रक्त क्यान्सर भएको थाहा भयो ।
त्यसयता उनले क्यान्सर उपचार सम्बन्धी जानकारी र अनुभव युट्युबमार्फत लाखौँ प्रयोगकर्तालाई सुनाउदै आएकी छिन ।
उनले राख्ने भिडियोलाई धेरैले मन पराएका छन् । एउटा भिडियो ४० लाख पटक हेरिएको छ ।
सुरुमा क्यान्सरको उपचार सम्बन्धि भिडियो राख्न रहर नलागे पनि अरु क्यान्सरपीडितलाई थप सहयोग हुन्छ भनेर राख्न थालेको डोअन ली बताउछिन् ।
नले सुरुमा नक्कली कपाल हालेर छायाङ्कन गर्ने विचार गरिन । उनी भन्छिन् — ‘यथार्थ किन लुकाउनु र ? भन्ने लाग्यो । यो लाजको विषय पनि होइन ।’
अहिले उनले अपेक्षा गरेका भन्दा धेरै माया र साथ पाइरहेका छन् । सबैले सर्मथन गरेका छन् ।
उनी भन्छिन् — ‘बलियो भएर अभिनय गर्दा मन नियन्त्रण गर्न सहयोग भएको छ । क्यान्सर विरुद्ध बलियो भएको जस्तो गर्नुहोस् । आत्मविश्वासले काम गर्नुहोस् ।’ आत्मबल बलियो हुँदा क्यान्सरबाट मुक्त हुन सकिने उनको भनाइ छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
सपना जन्मिन्छन् तर गर्भ बस्दैन
सोमबार, साउन २६, २०८२
घट्दो शुक्रकिट संख्या
सोमबार, साउन २६, २०८२
डा. सानुमैंया र डबल खुशी
सोमबार, साउन २६, २०८२
निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२
मुलुकमा ५३ प्रतिशत बालबालिकाको मृत्युको कारण कुपोषण !
शुक्रबार, चैत २९, २०८१ट्रेन्डिङ
