२९ वर्षीया डोअन ली सौन्दर्य सम्बन्धी भिडियो भ्लग गर्ने चर्चित दक्षिण कोरियाली युट्युबर हुन् । गत फेब्रुअरी महिनामा उनलाई रक्त क्यान्सर भएको थाहा भयो ।
त्यसयता उनले क्यान्सर उपचार सम्बन्धी जानकारी र अनुभव युट्युबमार्फत लाखौँ प्रयोगकर्तालाई सुनाउदै आएकी छिन ।
उनले राख्ने भिडियोलाई धेरैले मन पराएका छन् । एउटा भिडियो ४० लाख पटक हेरिएको छ ।
सुरुमा क्यान्सरको उपचार सम्बन्धि भिडियो राख्न रहर नलागे पनि अरु क्यान्सरपीडितलाई थप सहयोग हुन्छ भनेर राख्न थालेको डोअन ली बताउछिन् ।
नले सुरुमा नक्कली कपाल हालेर छायाङ्कन गर्ने विचार गरिन । उनी भन्छिन् — ‘यथार्थ किन लुकाउनु र ? भन्ने लाग्यो । यो लाजको विषय पनि होइन ।’
अहिले उनले अपेक्षा गरेका भन्दा धेरै माया र साथ पाइरहेका छन् । सबैले सर्मथन गरेका छन् ।
उनी भन्छिन् — ‘बलियो भएर अभिनय गर्दा मन नियन्त्रण गर्न सहयोग भएको छ । क्यान्सर विरुद्ध बलियो भएको जस्तो गर्नुहोस् । आत्मविश्वासले काम गर्नुहोस् ।’ आत्मबल बलियो हुँदा क्यान्सरबाट मुक्त हुन सकिने उनको भनाइ छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्पेशल स्टोरी
हरेक बालबालिकासम्म जीवनरक्षक खोप पुर्याउन विश्व स्वास्थ्य संगठनको आह्वान
बुधबार, असार ३१, २०८३
सपना जन्मिन्छन् तर गर्भ बस्दैन
सोमबार, साउन २६, २०८२
घट्दो शुक्रकिट संख्या
सोमबार, साउन २६, २०८२
डा. सानुमैंया र डबल खुशी
सोमबार, साउन २६, २०८२
निजी मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन
बुधबार, वैशाख ३, २०८२ट्रेन्डिङ
६
