भक्तपुर क्यान्सर हस्पिटलको व्यवस्थापन समितिले भक्तपुर नगरपालिका, मेयर सुनिल प्रजापति, वडाअध्यक्षहरु, हस्पिटलका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ गरी ८ जनाबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको छ । नयाँ बनेको अस्पताल व्यवस्थापन समिति अवैधानिक भएको र कानुनी राज्यमा संस्थाको अस्तित्व मेट्न खोजेको भन्दै मौजिदा हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) लगायत समितिका सातै जनाले उनीहरुबिरुद्ध मुद्धा दायर गरेका हुन् । भोलि (भदौ ५ गते) १० बजेका लागि पेशी तोकिएको अस्पताल व्यवस्थापन समितिका सचिव बिमल होडाले बताउनुभयो ।
अस्पतालका कर्मचारीहरुले अस्पतालमा नैतिक भ्रष्ट्राचार गरेको गुनासो बाहिर ल्याएपछि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरेको थियो । यसलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा सञ्चालित भक्तपुर क्यान्सर हस्पिटल सामुदायिक, गैर सरकारी, गैर नाफामुलक, पब्लिक प्राइभेट पार्टनरसिपका रुपमा व्यवस्थापन गर्न सफल एउटा नमुना च्यारिटी अस्पताल हो । मौजुदा वोर्ड मिटिङले मेडिकल डाइरेक्टर डा. श्रेष्ठलाई निलम्बन गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
